नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बू « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बू


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्।

आज शुक्रवार काठमाडौँमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताएका हुन् । 

उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताए।उनले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरूले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री लिम्बूले अबको नीति अग्रज, युवा र भावी पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताए।

’मन्त्री लिम्बूले युवाहरूले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्ने कुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गरे । उनले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले सार्वजनिक बिदाको व्यवस्थापनमा सरकारबाट युवा पुस्ताले चाहेको कुरा आफूले सुझाव लिन चाहेको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस