जनमतले आगामी वैशाखमा प्रदेश अधिवेशन गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जनमतले आगामी वैशाखमा प्रदेश अधिवेशन गर्ने


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । गत निर्वाचनबाट मधेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको साङ्गठनिक गतिविधि अगाडि बढाउने भएको छ । जनमतको सचिवालयले सङ्गठन विस्तार गर्न र सशक्त सङ्गठन निर्माण गर्न आगामी वैशाखसम्म प्रदेश अधिवेशन टुङ्ग्याउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष राउतका अनुसार मंसिर १५ देखि माघ १५ सम्म सबै वडा अधिवेशन पूरा गर्नुपर्नेछ । त्यस्तै माघ १५ देखि फागुनसम्म सबै पालिका र फागुन २० सम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्‍याइ गरिएको अधिवेशनको आधिकारिक माइन्युटको प्रतिलिपि सचिवालयलाई पठाउनुपर्ने निर्णय गरिएको छ ।

यस्तै चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको उनले बताए । पार्टीका सबै तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीले निर्णय गरेर पठाएको कार्यतालिकालाई पालन गर्दै सङ्गठन विस्तार तथा अधिवेशनका कार्यक्रमहरू गर्न निर्देशनसमेत दिइएको अध्यक्ष राउतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस