२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्धविराम सकिएसँगै दक्षिणी गाजामा हवाई आक्रमण शुरु

अ+ अ-

काठमाडौँ । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण भएको जनाएको छ । त्यहाँ विस्फोट र गोलीबारीको आवाज सुनिएको छ ।

सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनी रिहा भएका छन् । अमेरिकी शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायललाई नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छ हजार बालबालिकासहित १४ हजार आठ सयभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।