२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाली दूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै सुवालको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा उत्तर कोरियाको राजदूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । 

बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा उत्तर कोरियाबाट आएर आइटी, मेडिकल क्षेत्रमा काम गर्ने कामदारलाई देश निकाला गर्नु उचित नभएको बताए । 

सांसद सुवालले भने, ‘नेपालबाट उत्तर कोरियाको राजदूतावास किन उठेर गयो ? ५५ वर्षअघि देखि मैत्रीपूर्ण सम्बन्ध रहेको देशले आफ्नो दूतावास हटाउनु राम्रो होइन । दूतावास हटाउनुको कारण के थियो सरकारले संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन ? यसबारे समितिले सरकारसँग जवाफ माग्नुपर्छ । उत्तर कोरियाबाट नेपालमा आइटी र मेडिकल क्षेत्रमा केही कामदारले काम गरिरहेका थिए । उनीहरूलाई नेपालबाट निकाला गरिएको छ । लाखौँ नेपालीले अरूको देशमा गएर काम गर्न हुने, नेपालमा अरू देशका आएर काम गर्न नहुने भन्ने यस्तो पनि हुन्छ ?’

सांसद सुवालले रुस र युक्रेनको युद्धमा नेपाली युवाहरूले ज्यान गुमाइरहेको बताउँदै नेपाली युवालाई भाडाको सैनिक बन्नबाट रोक्न माग गरे । भाडाको सैनिकको रूपमा नेपाली प्रयोग हुने अवस्था रोक्न समितिले सरकारलाई कडा निर्देशन दिनुपर्ने उनको भनाई छ । सांसद सुवालले भाडाको सैनिक हुने प्रक्रिया नरोक्ने हो भने मन्त्री, प्रधानमन्त्रीको छोरा छोरी पनि भाडाको सैनिक हुनुपर्ने छ भनेर ऐन बनाउनुपर्‍यो भन्दै कटाक्ष गरे ।

प्रतिक्रिया दिनुहोस