काँग्रेसले तोक्यो ५ प्रदेशको सम्मेलनको मिति « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काँग्रेसले तोक्यो ५ प्रदेशको सम्मेलनको मिति


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने काँग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।

सङ्घीयतापछि काँग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ । काँग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मङ्सिर १६ र १७ गतेका लागि तय भएको नेपाली काँग्रेसले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुङ्गो लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस