२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलत प्रवृत्ति लिएर आएका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औँल्याएका छन् ।

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा बुधवार राजनीतिक प्रतिवेदन पेश गरेका उनले रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमानदार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको स्वीकार गरेका हुन् ।

गलत प्रवृत्ति बोकेर आएकाहरूले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको आशङ्का छ । ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’, रविले प्रतिवेदनमा भनेका छन् ।

अरू दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् ।

‘नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

पार्टीको संगठनप्रति आकर्षण रहेकाले सचेत बन्नुपर्ने रविको जोड छ । सदस्य, शुभेच्छुक बढिरहेका बेला सचेत, सजग र कठोर हुनुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘हामी बेलैमा सचेत र सजग भएनौँ भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ । पुरानो प्रवृत्ति लिएर हामी सफल हुन सक्दैनौँ’, सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन् ।

विसङ्गति भित्रन नदिन पार्टीका सबै तहमा विधि तय गरिएको लामिछानेले प्रतिवेदनमा लेखेका छन् । ‘हामीले बुझ्नुपर्छ, छान्ने भनेको माथि ल्याउन सेलेक्सन गर्ने मात्र होइन, मिल्काउन फिल्टर गर्ने पनि हो । पार्टीलाई सुदृढीकरण गर्न हामीले लिने र फाल्ने दुवै प्रक्रिया स्वार्थरहित ढङ्गले अवलम्बन गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस