लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ ।

आज सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ कायम छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस