एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ आजबाट « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ आजबाट


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ ।  आजबाट प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु हुँदैछ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बिहान ८ बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ हुनेछ ।

दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरु हुनेछ।

एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ।

अभियानमा ठूला सभाहरू कम र अन्तर्क्रिया, अन्तर संवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढवा दिने एमालेको लक्ष्य छ।

अभियानको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस