१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताएका छन् । आज नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले फर्पिङमा आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताएका हुन् । 

“सरकार योजनाबद्ध विकासमार्फत जनताको जीवनमा गुणात्मक फड्को मार्ने दिशामा अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “सुशासन, समृद्धि र सामाजिक न्यायलाई वर्तमान सरकारले प्रमुख कार्यभार बनाएको छ ।” मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको भए पनि अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्दै उनले अर्थव्यवस्थालाई लयमा ल्याएर समृद्धिलाई गति दिइने बताए।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग गम्भीर रूपमा छलफल गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै सरकारले समस्या समाधानका लागि ठोस प्रयास अघि बढाउने बताए । सरकारले थालेको सुशासनको अभियान नरोकिएको उल्लेख गर्दै उनले सुशासनलाई गति दिने गरी सरकारले कार्ययोजना निर्माण गरिरहेको बताए । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक कानुन संशोधन गरेर भूमिहीन तथा सुकुम्वासी समस्या समाधान गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा भूमिहीनलाई जग्गा उपलब्ध गराइने बताए । त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र राजस्वमा आधा छुट दिने निर्णय गरिसकेको उनले जानकारी दिए।

पार्टी तीन महिने रूपान्तरणको अभियानमा रहेको जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारका राम्रा कामलाई अभियानमार्फत जनतामा पुर्‍याउन नेता कार्यकर्तालाई निर्देशन दिए । 

“सरकारले इतिहासमै राम्रो काम गर्नुपर्ने अवस्था रहेको छ”, उनले भने, “नेता कार्यकर्ताले पनि पार्टीलाई रूपान्तरण गर्न ध्यान दिनुपर्छ ।” सो क्रममा माओवादीका स्थानीय नेता कार्यकर्ताले काठमाडौँको दक्षिणी भेग विकासमा पछि परेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस