२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गरिने

अ+ अ-

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताएका छन् ।  

बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताए। 

उनले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय बिस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताए । 

यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताए । उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गरे । प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारीकरणतर्फ समेत ध्यान दिइने बताए । प्रदेश सरकारले  देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताए । 

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप ऊर्जाका साथ सेवा प्रभाव गरिने बताए । जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्दै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस