रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।

महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा तोकेको छ ।

पार्टीका सह प्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाईँ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस