मन्त्री शर्माद्वारा मातहतका निकायका कामप्रति असन्तुष्टि व्यक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री शर्माद्वारा मातहतका निकायका कामप्रति असन्तुष्टि व्यक्त


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायका कामप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

बुधवार काठमाडौँमा आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

नेपाल सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पत्ति भए पनि त्यसको सदुपयोग गर्न नसकिएको बताइन्।

मन्त्री शर्माले भनिन्, ‘हाम्रा सरकारी सञ्चारमाध्यम, निकाय र अरू क्षेत्रहरू पनि छन्। हामी सबै सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने भयौँ। सम्पत्ति छ तर प्रयोग गर्न सकेका छैनौँ। उनले अघि भनिन्, ‘तलब खुवाउन पनि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेका छौँ। हाम्रा यस्ता पाका, पुराना स्रष्टाले गुनासो गर्ने स्थितिमा हामीले पुर्‍याउनु हुँदैन। हामीसँग सबै थोक छ। हुँदाहुँदै पनि किन हामीले स्रष्टाको सम्मान गर्न सकिरहेका छैनौँ ? हाम्रा कानून बाधक हुन् भने क्याबिनेटमा लगेर यसको समस्या समाधान गर्न हामी तयार छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस