‘प्रधानमन्त्रीले अधिकार दिन चाहेको छैन, सडक आन्दोलन गरौँ’ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘प्रधानमन्त्रीले अधिकार दिन चाहेको छैन, सडक आन्दोलन गरौँ’


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा एमाले मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले प्रधानमन्त्रीले अधिकार दिन नचाहेकाले सडक आन्दोलन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सभा बैठकमा बोल्दै सांसद ठाकुरले सङ्घीयता रहे मात्र आफूहरुरहने बताए ।

‘सङ्घीयता रहेन भने हामी किन रहने ? कसरी रहने ?’, उनको प्रश्न थियो, ‘सङ्घीयतालाई स्थापित र मजबुत पार्न सडक आन्दोलन गरौँ ।’ सांसद ठाकुरले भोलिदेखि नै सडकमा १०७ सांसद उभिएर केन्द्रीय सरकार र प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न पनि सबै दलका सांसदहरूलाई आग्रह गरे ।

उनले आफू अहिले नै संसदमा उभिएर प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न चाहेको र सभामुखमार्फत् प्रधानमन्त्रीलाई जाहेर गर्न चाहेको बताए । सङ्घीयता कार्यान्वयन गर्न एमाले तयार रहेको भन्दै सांसद ठाकुरले अधिकार दिन नचाहेकाले प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न सबै दल एकजुट हुनुपर्ने बताए ।

उनले अहिलेसम्म प्रदेश सरकारले पनि कुनै ठोस काम गर्न नसकेकोमा आक्रोश पोखे । उनको प्रश्न थियो, ‘प्रहरी छैन, कर्मचारी छैन भनेर प्रदेश सरकार पन्छिन् मिल्छ रु सात महिनामा केन्द्र सरकारलाई पठाएको एउटा पत्रलाई उपलब्धि भन्ने ?’

Tags :
प्रतिक्रिया दिनुहोस