देउवाको गाउँ हुँदै बैतडीतर्फ लागे ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देउवाको गाउँ हुँदै बैतडीतर्फ लागे ओली


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका अन्य नेताहरूसहित बैतडीको झुलाघाटतर्फ लागेका छन् । उनीहरू बिहीबारदेखि सुरु हुने मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटनका लागि धनगढीबाट त्यसतर्फ लागेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठसहितको टोली मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न आज धनगढीबाट बैतडीतर्फ लागेको नेता विष्णु रिमालले बताए ।

त्यस क्रममा ओलीसहितको टोली डडेलधुराको गन्यापधुरा-१ साहुखर्क पुगेको हो । काँग्रेस सभापति शेरबहादुर देउवा यही गाउँका हुन् । झुलाघाट जानेक्रममा गन्यापधुरा, साहुखर्क, डडेलधुरामा पचास वर्षदेखि आगो ननिभेको बाजेको खीर पसलमा अध्यक्ष ओलीसहितका नेताहरूले चिया, खीर र खुवा खाएका यात्रामा सहभागी नेता विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

डडेलधुराको गन्यापधुरा-१ मा बाजेको खिर पसल ५० वर्षअघि शेरबहादुर देउवा नामकै स्थानीयले चलाएका थिए । उनको निधनपछि छोराले सम्हाल्दै आएका छन् ।

भोलि झुलाघाटबाट पदयात्रा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस