काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।

देउवा निवास धुम्बाराहीमा जारी बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

यस्तै महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दैछ । यस्तै व्यवस्थामाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस