कर्णालीमा अब ८० सिट क्षमताको जहाज उडाउने तयारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कर्णालीमा अब ८० सिट क्षमताको जहाज उडाउने तयारी


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास-८ विमान सञ्चालन हुने भएको छ ।

कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत उपत्यकामा पनि उडान अनुमति दिएको छ ।

१० महिनाअघि भएको परीक्षण उडान सफलपछि श्रीले मङ्सिर १५ गतेदेखि दैनिक काठमाडौँ–सुर्खेत क्यानेडियन विमान ड्यास-८ बाट उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ ।

सुर्खेतमा सञ्चालन हुने ठूलो जहाजले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाअन्तर्गत पश्चिमी भेगका नगर र गाउँपालिकाका स्थानीय, कर्मचारी, पदाधिकारीलाई पनि नेपालगन्ज र धनगढी विमानस्थल भएर काठमाडौँबाट ओहोरदोहोर गर्नुपर्ने लामो दूरीको बाध्यात्मक यात्रा अझ छोटो, सस्तो र सहज हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस