कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै « प्रशासन
Logo २२ फाल्गुन २०८०, मंगलबार
   

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने महासमिति बैठकका एजेण्डामाथि केन्द्रित हुने कांग्रेस केन्द्रीय सदस्य प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ ।

सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि कुनैको प्रमुख मात्र तोकिएको छ भने कुनै विभागमा सदस्य संख्या अपुरो छ । हरेक विभाग बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस