बिहीबार काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने « प्रशासन
Logo २२ फाल्गुन २०८०, मंगलबार
   

बिहीबार काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोलि (बिहीबार) काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने जनाएको छ । भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चमती, भगवान् पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस