बालकृष्ण खाँणले छिट्टै न्याय पाउनुहुन्छ : देउवा « प्रशासन
Logo २२ फाल्गुन २०८०, मंगलबार
   

बालकृष्ण खाँणले छिट्टै न्याय पाउनुहुन्छ : देउवा


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले छिट्टै न्याय पाउने दाबी गरेका छन् ।

नेता खाँणको गृहजिल्ला रुपन्देहीमा पार्टीको जिल्ला सम्मेलनमा सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको र त्यो समय छिट्टै आउने बताए ।

‘उहाँले न्याय पाउनुहुन्छ, वकिल साथीहरू लागिरहनुभएको छ, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु राम्रो हुँदैन’ देउवाले भने ।

देउवाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने बताएका छन् । विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस