एमसीसी परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणाअनुसार नै लागू गर्न आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमसीसी परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणाअनुसार नै लागू गर्न आग्रह


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको एमसीसी अनुगमन समितिले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणाअनुसार नै लागू गर्न आग्रह गरेको छ ।

एमसीएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको छलफलमा नेकपा एसका उपाध्यक्ष तथा पार्टीको एमसीसी अनुगमन समिति संयोजक राजेन्द्रप्रसाद पाण्डेले एमसीसी लागू गर्दा संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गरेको स्मरण गराए ।

एमसीए नेपालका कार्यकारी निर्देशक खडगबहादुर विष्टले १२ बुँदे व्याख्यात्मक घोषणालाई आत्मसाथ गरी परियोजनाको काम अघि बढाएको बताएका छन् ।

विष्टले अहिलेसम्म परियोजनाको जग्गा अधिग्रहणको काम भइरहेको र प्रसारण लाइन परियोजनामा लागत घटाउने प्रयास असफल भएपछि सम्पूर्ण ठेक्का रद्द गरेको जानकारी गराएका छन् । छलफलमा अनुगमन समितिका सदस्य जगन्नाथ खतिवडा पनि उपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस