दुर्गा प्रसाईँको अभियानका समर्थक ‘गुरु’ तिलक अधिकारी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुर्गा प्रसाईँको अभियानका समर्थक ‘गुरु’ तिलक अधिकारी पक्राउ


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँको अभियानका समर्थक ‘गुरु’ तिलक अधिकारी पक्राउ परेका छन्। उनी गौशालाको वेङ्कटेश मन्दिरबाट पक्राउ परेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्। उक्त अभियानको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिरहेका छन्। प्रसाईँलाई प्रहरीले गौशाला जानबाट रोक लगाएको थियो।

सम्बन्धित समाचार : आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई काठमाडौँ पस्न रोक

प्रसाईँ समूहले मङ्सिर ७ गतेदेखि काठमाडौँमा प्रदर्शन गर्न थालेको थियो। सोही दिन नै नेकपा एमाले निकट युवा सङ्घले पनि प्रदर्शन गरेको थियो। दुवै समूहबीचको मनमुटावले खतरा निम्ताउन सक्ने भन्दै सरकारले एक महिनाका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन निषेध गरेको थियो।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईँ समूहका १५ जनालाई पक्राउ गरेको थियो। सरकारले प्रसाईँका गतिविधिविरुद्ध कडा कदम चाल्दै आइरहेको छ।

सम्बन्धित समाचार : आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस