एमाले अध्यक्ष ओली आज कैलाली आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले अध्यक्ष ओली आज कैलाली आउँदै


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न आज कैलाली जाने भएका छन् ।

एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ । अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन् ।

उनीसँगै उपाध्यक्षहरू ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन् ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए अनुसार, तीन सातामा टुङ्ग्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भइरहेको छ ।

पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस