बाघको आक्रमणबाट एक जना गम्भीर घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते


१२ मंसिर २०८०, मंगलबार


बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । घाइते शर्माको ठेगाना थाहा हुन नसके पनि भारतीय नागरिक रहेको प्रहरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस