पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने पक्राउ


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । रोल्पाको गङ्गादेव गाउँपालिका घर भई अहिले काठमाडौँको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस