नेपाल सुपर लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल सुपर लिग : आज दुई खेल हुँदै


९ मंसिर २०८०, शनिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ।

पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवनबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स विजयी भएको छ। ​​त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा साँझ काठमाडौँ रेजर्सले स्पोर्टिङ इलामलाई १-० गोलअन्तरले पराजित गरेको हो।

राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौँका लागि निर्णायक साबित भयो । राजीवले खेलको ५१औँ मिनेटमा गोल गरे ।

पुस १४ गतेसम्म चल्ने प्रतियोगितामानौ टोलीको सहभागिता छ। काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन्। त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची सहभागी छन्।

सबै टोली लिग चरणमा एक आपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ पाउने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस