काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शिष्टाचार भेट भएको छ।
नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आएका अल-मुखैरीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गरेक हुन्।
भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ। साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।