कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समूह ए को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।

रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै वान डाउन आएका इशानले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रनको आक्रमक पारी खेले । प्रतिश जिसी १२ रनमा अपराजित भए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए । दिवान पुन र अनुज चहराले १–१ विकेट लिए ।

बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७.३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो ।

कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कपतान रवीन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १-१ विकेट लिए ।

समान एक खेल खेलेका कर्णाली र आयोजकको रातो टिम अंक विहीन रहे ।
पोखरामा मदन भण्डारी स्पोर्टस फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस