तीनकुनेमा दुर्गा प्रसाईं समर्थक प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तीनकुनेमा दुर्गा प्रसाईं समर्थक प्रहरी नियन्त्रणमा


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँको तीनकुनेबाट गणतन्त्र विरोधी दुर्गा प्रसाईंका ७ जना समर्थक पक्राउ परेका छन् ।

स्थानीय प्रशासनको आदेश विपरीत तीनकुनेमा प्रदर्शनका लागि जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गरेकाहरूको पहिचान खुलाइसकेको छैन । प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् । उनले बिहीबार मात्रै बल्खुमा शक्ति प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस