तान्जेनिया जिम्बाबेसँग ९ विकेटले पराजित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

तान्जेनिया जिम्बाबेसँग ९ विकेटले पराजित


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । अर्को वर्ष वेस्टइन्डिज र अमेरिकामा संयुक्तरुपमा आयोजना हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटका लागि अफ्रिका छनोटमा जिम्बाबेले पहिलो जित निकालेको छ ।

नामेवियामा जारी छनोट प्रतियोगितामा बिहीबार जिम्बाबेले तान्जेनियालाई ९ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा २ अंक बनाएको छ । ७ टिमले सहभागिता जनाएको छनोट प्रतियोगिताको तालिकामा जिम्बाबे चौथो स्थानमा रहेको छ । शीर्ष २ टिमले अर्को वर्षको टी २० विश्वकपमा स्थान पक्का गर्ने छन् ।

बिहीबार भएको खेलमा तान्जेनियाले दिएको ९७ रनको सामान्य लक्ष्य जिम्बाबेले १०.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । जिम्बाबेलाई जित दिलाउनका लागि । तदिवानाशे मरुमणिले ३९ तथा सिनि विलियम्सले ३६ रनको नटआउट पारि खेले । यसैगरी इनोसेन्ट कैयाले २१ रन जोडेका थिए । जिम्बाबेले गुमाएको १ मात्र विकेट तान्जेनियाका सन्जयकुमार ठाकोरको नाउँमा रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसका लागि एले केमोटले २४ तथा भिक पटवाले १८ र एले किमोटले १६ रन जोडेका थिए । अरूको स्कोर सम्झन लायक थिएन । तान्जेनियालाई कम रनमा रोक्ने क्रममा जिम्बाबेका स्टार खेलाडी सिकन्दर राजा र रिचगार्ड नगर्भाले समान ३-३ विकटे लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस