प्रदर्शक र निर्माताबिचको विवाद मिल्यो, शेयर बराबर बाँडफाँड हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदर्शक र निर्माताबिचको विवाद मिल्यो, शेयर बराबर बाँडफाँड हुने


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घबिच सहमति भएको छ । बिहीबार दुई सङ्घबिच हलमा चलचित्र प्रदर्शन अवधिभर ५०–५० सेयर बाँडफाँट गर्ने समझदारी भएको निर्माता सङ्घका अध्यक्ष नवल खड्काले जानकारी दिए ।

उनका अनुसार सेयर बाँडफाँट समझदारी गएको कार्तिक २४ गतेदेखि नै लागु हुने छ । अरू असमझदारी टुङ्ग्याउन भोलि एउटा कार्यदल बनाउने समझदारी भएको छ ।

यसअघि निर्माताहरू हलबाट पहिलो र दोस्रो हप्ता ५० प्रतिशत सेयर पाए पनि तेस्रो हप्ताबाट ३५ प्रतिशत मात्रै पाउने गरेका थिए ।

चलचित्र ‘दिमाग खराब’को टिमले पूरै प्रदर्शन अवधिभर निर्माताले ५० प्रतिशत सेयर पाउनुपर्ने एजेन्डा अगाडि सारेर आफ्नो चलचित्र प्रदर्शन नै रोकेको थियो । यद्यपि, लगत्तै दुई सङ्घबिच निरन्तरता दिने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस