२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार र दण्डहीनताले जनतामा निराशा बढ्यो : डा. शेखर कोइराला

अ+ अ-

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका छन् । 

मोरङको विराट चोकमा आयोजित नेपाली काँग्रेस मोरङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको उल्लेख गरे । 

‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ,’ उनले भने, ‘दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको छ ।’ उच्च नैतिकता र आत्मविश्वासका साथ काँग्रेस अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । उनले नेता कार्यकर्तालाई निराश नहुन आग्रहसमेत गरे । 

कोइरालाले युवाहरूको विदेश पलायनका कारण नेपाल बुढौलीहरूको देश बन्ने अवस्था देखिएको बताए । पछिल्लो समय अध्ययनका लागिसमेत विदेश जाने युवाहरू बढ्दै गएको उनको भनाइ थियो । गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्याङ्क प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेशमोह बढ्दै जानु चिन्ताको विषय भएको बताए । 

पूर्व मन्त्री एवं काँग्रेसका नेता महेश आचार्यले अहिले संसद सांसदजस्तो र न्यायालय न्यायालयजस्तो नभएको टिप्पणी गरे । ‘अहिले के संसद सांसदजस्तो छ ? न्यायालय न्यायालय जस्तो छ ? बिपीले निर्माण गरेको काँग्रेस काँग्रेस जस्तो छ ?’ आचार्यको प्रश्न थियो, ‘गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आउनु काँग्रेस त्यति धेरै कमजोर र निरीह भएको हो ?’  

त्यस्तै पूर्व मन्त्रीसमेत रहेका नेता डा. मीनेन्द्र रिजालले काँग्रेसले आफ्नै योगदान बिर्सिएको बताए । उनले कस्तुरीले आफ्नो वास्ता खोजे जसरी काँग्रेसले आफ्नो वास्ता खोज्दै हिंड्नुपरेको उल्लेख गरे । ‘काँग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छ,’ उनले भने, ‘तर काँग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैनौँ ।’

१४ महाधिवेशनपछि पहिलो पटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्य डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, मुख्यमन्त्री केदार कार्की, मोरङ काँग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले काँग्रेसलाई एक ढिक्का बनाएर लानुपर्नेमा जोड दिए । 

मोरङका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा संघीय सरकारका खेलकुदमन्त्रीसमेत रहनुभएका सभापति डिगबहादुर लिम्बूले राजनैतिक, सचिव मोदराज घिमिरेले सांगठानिक र कोषाध्यक्ष रञ्जु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस