१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिल अर्जेन्टिनासँग पराजित

अ+ अ-

काठमाडौँ । फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । अर्जेन्टिनाले यो खेल १-० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर निकै तनावपूर्ण खेल रह्यो ।

ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडप नै भएपछि ब्राजिल प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्दा अर्जेन्टिनाका समर्थहरू घाइते हुन पुगे । जसका कारण खेल नै निर्धारित समयभन्दा २७ मिनेट ढिला गरी सुरु भएको थियो । यसैगरी ब्राजिलका एक खेलाडी रातो कार्ड पाउँदै मैदान पनि छाड्न पुगे ।

तनावपूर्ण खेलमा गत संस्करणको विश्वकप विजेता अर्जेन्टिनालाई जिताउनका लागि ब्राजिलको ऐतिहासिक मैदान माराकानमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको ६३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

८१ औं मिनेटमा ब्राजिलका जोलिन्टनले रातो कार्ड पाउँदै मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा भने अर्जेन्टिनाले उठाउन सकेन ।

सन् १९३० मा पहिलो पटक आयोजना भएको विश्वकप फुटबल प्रतियोगिताको महादेशीय छनौट प्रणाली भने १९३३ देखि सुरु भएको थियो । त्यस यता घरेलु मैदानमा कुनै पनि छनौट खेल नहारेको ब्राजिल लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग बुधबार १–० गोल अन्तरले स्तब्ध बन्यो ।

यस्तै, अर्को खेलमा पेरु र भेनेजुएलाले भने एक एक गोलको बराबरी खेलेका छन् । भिक्टर योटुनले १७ औं मिनेटमा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा जेफरसन साभारिनोले गोल गरेपछि भेनेजुएलाले बराबरी गरेको थियो ।

बुधबार बिहानको नतिजापछि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १५ अंकका साथ शीर्ष स्थानमा छ भने उरुग्वे १३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । उरुग्वे बुधवार शीर्ष स्थानमा रहेको थियो । त्यसैगरी कोलम्बियाले १२ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा राख्दा भेनेजुएला ९ अंकका साथ चौथो स्थानमा छ । यस्तै इक्वेडर ८ अंकका साथ पाँचौं स्थानमा रहँदा ब्राजिल भने ७ अंकका साथ छैटौं स्थानमा छ । पाराग्वे, चिली, बोलिभिया र पेरु क्रम सातौंदेखि दशौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस