२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीडले पत्याएका दुर्गा प्रसाईँको अभियानले बढाएको ‘थ्रेट’

अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मलाई बालुवाटारबाट फोन आएको थियो । तपाईँ आउनुस् । यो तपाईँको आन्दोलन स्थगित गर्नुस् । बैङ्कको पैसा मिनाहा गराइदिन्छौ (मिलाइ दिन्छौँ, तिरदिन्छौं) ।’ बोल्न पाइन्छ भनेर हामीले गणतन्त्र ल्याएको हो, गणतन्त्रमा नारा, जुलुस, मनमा लागेका कुरा बोल्न पाइँदैन भने के को गणतन्त्र ? उनको प्रश्न छ । उनले अगाडी थपे, ‘हाम्रो लडाइँ मंसिर ७ मै सकिने होइन, दुई/तीन महिना चल्ने हो । आफ्नो आन्दोलनलाई विभिन्न पक्षको समर्थन रहेकोमा जोड दिँदै उने भने, ‘काठमाडौँको कार्की बैंक्वेटले ४० हजार मानिसका लागि बस्ने र सुत्ने व्यवस्था गरेको छ ।’

मूलधारका मिडियाले उनी र उनको आन्दोलनबारे खासै चासो दिएका छैनन् । तर, मंसिर ७ को प्रसाईँको अभियान र मूलधारका दलका शीर्ष नेतृत्वको आलोचनाले भरिएका उनका अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल छन् । लाग्छ मंसिर ७ मा प्रसाईँले उल्कै गर्दैछन् र उनलाई अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।

दलहरू सामु चुनौती खडा गर्ने दाबीसहित अगाडि बढेका प्रसाईँले बिहीबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नाममा काठमाडौँमा प्रदर्शन गर्न लागेका हुन् । माओवादी र एमालेसँग सम्बन्ध बिग्रिएपछि उनी यतिखेर आफूलाई नयाँ शक्तिको रूपमा स्थापित गर्न कम्मर कसेर लागेका छन् । 

२०७४ फागुन ६ मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै राखेर जुम्लाको मार्सी चामलको खाना खुवाएपछि एकाएक ‘मार्सी’ नामले चर्चामा आएका प्रसाईँ एमालेको केन्द्रीय सदस्यमा मनोनीत हुनसम्म भ्याए । राजनीतिक नेतृत्वको वरिपरि रहेर फाइँदा लिन खप्पिस प्रसाईँले २०७९ फागुन १ मा झापाको बिर्तामोडमा पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस उपस्थित कार्यक्रममा ‘राजालाई कसैले नारायणहिटी कटाउँछु भनेर धम्की दिन्छ भने दुर्गा प्रसाईँहरू नारायणहिटी लगेर बसाउन तयार छन् भन्ने बुझे हुन्छ’ भन्ने भाषण गरे त्यसपछि उनलाई राजावादी भन्ने गरिएको छ । हिन्दु धर्म र राजतन्त्रको वकालत गरेर नागरिक स्तरको समर्थन बटुल्ने प्रयास उनले गरिरहेको सामाजिक सञ्जालमा छरपस्ट अन्तर्वाताबाट स्पष्ट हुन्छ ।

प्रसाईँ जहाँ उभिन्छन्, त्यहाँ मानिसको भीड लाग्छ । भीड जम्मा पार्न मात्र होइन, उत्तेजित पार्न पनि उनी खप्पिस छन् । प्रसाईँका अभिव्यक्तिले सरकारसँगै प्रमुख राजनीतिक दललाई समेत ‘थ्रेट’ गरेको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलसमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भनेका छन्, ‘मंसिर ७ गते कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् भन्ने सुनेको छु । व्यक्ति वा मानिसहरू काठमाडौँमा उतार्नका लागि उनीहरू लागेका छन् । ती मानिसहरू आएर काठमाडौँमा केही हुने होइन, तिनले काठमाडौँमा फोहोर मात्रै गर्ने हुन् ।’

ओली मात्रै होइन, प्रधानमन्त्री प्रमण्डलेसमेत तनहुँमा भएको कार्यक्रममा राजावादीले चलाउन खोजेको अभियानप्रति आफूहरू सचेत रहेको बताएका थिए । प्रसाईँले गर्न लागेको अभियानप्रति लक्षित गर्दै उनले भने, ‘हिजोका सामन्ती राजाको स्तुति गान गाउने तथा कहिले भण्डारखाल, कहिले कोतपर्व त कहिले नारायणहिटी काण्ड देखेको होइन ? आज तिनै मान्छे संस्कारको कुरा गर्छन् । लोकतन्त्रवादी र परिवर्तनगामीलाई संस्कारको कुरा गर्ने ? लोकतान्त्रिक प्रणालीविरुद्ध धावा बोल्ने ? हिलो छ्याप्ने र बोल्ने काम गरे सह्य हुँदैन ।’

मंसिर ७ मा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियानको नाममा काठमाडौँमा प्रदर्शन हुने भएपछि काठमाडौँ उपत्यकाका केही स्थानमा निषेधित क्षेत्र तोकिएको छ । काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा लगायतका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हुन् । प्रशासनले मङ्गलवार थप क्षेत्र निषेधित गरेर आदेश जारी गरेको छ । 

शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । मङ्गलवार प्रमुख जिल्ला अधिकारी बस्नेतले सूचना जारी गर्दै राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरवार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन् । हरित गृह उपराष्ट्रपति कार्यालय नजिक रहेको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटेल सिमानासम्म निषेध छ ।

कार्यालयले सोमबार मात्रै पद्मोदय मोडदेखि सिंहदरवारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । यो क्षेत्रमा मंसिर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न पाइने छैन ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मङ्गलवार जारी गरेको आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’ 

त्यसो त नेकपा (एमाले)को भातृ संस्था युवा सङ्घ नेपालले पनि ७ गते नै काठमाडौँमा प्रदर्शन गर्दै छ । सरकारी अधिकारीहरूका अनुसार दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने योजना बनाएपछि प्रशासन उक्त निर्णय लिन बाध्य भएको हो । प्रशासनले युवा सङ्घलाई तिनकुने क्षेत्र र प्रसाईँ समूहलाई बल्खु क्षेत्र प्रदर्शनका लागि तोकिदिएको छ ।

प्रसाईँकै भनाइलाई सापट लिने हो भने, ‘बोल्न पाइन्छ भनेर हामीले गणतन्त्र ल्याएको हो, गणतन्त्रमा नारा, जुलुस, मनमा लागेका कुरा बोल्न पाइँदैन भने के को गणतन्त्र ?’ प्रसाईँकै कारण गणतन्त्र र यसका हिस्सेदारको सत्ता डगमगाएकै हो त ?

प्रतिक्रिया दिनुहोस