२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय प्रमुख नहुँदा सेवाग्राही प्रभावित

अ+ अ-

गोलबजार । इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको जनाइएको छ ।

गृह मन्त्रालयबाट छ/छ महिनाका लागि दिइने कायममुकायम कार्यालय प्रमुखमा नायब सुब्बा दिनेशकुमार राउतको विसं २०७८ असोज २२ गतेदेखि हालसम्म चार पटक म्याद थप भइसकेको छ । उनको गत असोज २६ गते म्याद सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा इलाका प्रशासनको सेवा प्रवाह प्रभावित भएको हो । इलाका प्रशासन कार्यालय बोदे बरसाइन् बजारबाट प्रवाह हुने सेवा रोकिएपछि पश्चिम– दक्षिण क्षेत्रका सर्वसाधारण पैदल हिँडेर आए पनि कार्यालयबाट सेवा नपाउँदा २५ किलोमिटर पूर्व राजविराज सेवा लिन जान बाध्यछन् ।

जिल्लाको पश्चिम-दक्षिण क्षेत्रको सेवाग्राहीलाई लक्षित बोदे बरसाइन्-५ बजारमा सञ्चालित इलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि सप्तरीका बोदे बरसाइन् नगरपालिका, सुरूङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बलान बिहुल गाउँपालिका गरी २६ वडाका सेवाग्राही मारमा परेका छन् । जिम्मेवार कर्मचारीको व्यवस्था नहुँदा हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ ।

गृह मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने इलाका प्रशासन कार्यालयका नायब सुब्बा राउतले बताए । ‘राउतले भने,’नागरिकता लिन आउने सेवाग्राहीलाई आवश्यक कागजात मिलाएर सदरमुकाम राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको बताए । स्थापनाकालदेखि नै निमित्तकै भरमा इलाका प्रशासन कार्यालय बोदे बर्साइन् चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भए पनि गृह मन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।

बलान बिहुल गाउँपालिका–३ कि अमृता पण्डित नागरिकता बनाउन बोदे बरसाइन् बजार आए पनि नागरिकता नबनेपछि आफू रित्तै घर फर्कन बाध्य भएको बताए । नागरिकता लिन भोलि राजविराज जाने उनले बताए ।

लोकसेवा आयोगमा समावेशीतर्फ फर्म भर्नको लागि मधेसी प्रमाणितको प्रमाणपत्र लिन आएको बोदे बरसाइन् वडा नम्बर– ८ काचन कि कञ्चनकुमारी यादव कार्यालयबाट सेवा नपाउँदा समस्या भएको बताउछन् । बस चढेर सदरमुकाम राजविराज जान पैसा नभएको उनले गुनासो गरे । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कायममुकायम प्रमुखको म्याद सकिसकेको जानकारी सहितको पत्र गृह मन्त्रालयमा पठाइसकेको बताए ।

उनले भने ‘गृह मन्त्रालयलाई पत्र पठाइसकेको छु, उतै बुझ्नु होला ।’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । इलाका प्रशासनमा अधिकृत नहुँदा कामकाज प्रभावित भइरहेको जिज्ञासा राख्दा यस विषयमा आफूलाई जानकारी नरहेको बताए । उनले भने ‘यस विषयमा मलाई जानकारी छैन, प्रशासन शाखासँग बुझ्दै छु ।’

प्रतिक्रिया दिनुहोस