२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।

महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मंसिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिए । “चलचित्र क्षेत्रलाई आफ्नो रचनात्मक सिर्जनाबाट संसारभरि चिनाउन सक्ने सशक्त महिला निर्देशक हामी कहाँ छन् । तर सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उनीहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्”, उनले भने ।

आइर्वाटका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । नेपाल चलचित्र विकास बोर्डको सभा हलमा महोत्सव आयोजना गरिने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकले निर्देशन गरेका चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा नेपाली लघुचलचित्र प्रतिस्पर्धाका विजेतालाई ‘अवार्ड’ प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस