२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

अ+ अ-

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा लगायतका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरवारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा मंसीर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न पाइने छैन।

शान्ति, सुरक्षा तथा सर्वसाधारण नागरिकको सेवा प्रवाहलाई ध्यानमा राखेर आदेश जारी गरिएको जनाइएको छ। जिल्ला सुरक्षा समितिको सिफारिसमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाएका छन्।

नेकपा (एमाले) को भातृ संस्था युवा सङ्घ नेपाल र अभियान्ता दुर्गा प्रसाईँले मंसीर ७ गते माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका थिए। दुवै पक्षले एउटै ठाउँमा प्रदर्शन गर्न लागेपछि स्थानीय प्रशासनले छलफलका लागि बोलाएको थियो।

सोमबार दुवै पक्षसँग भएको छलफलपछि स्थानीय प्रशासनले दुवै पक्षलाई माइतीघर मण्डलमा प्रदर्शन गर्न नदिने निर्णय गरेको थियो। यससँगै मंसीर महिनाभर माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म पनि प्रदर्शनमा रोक लगाएको हो।

प्रतिक्रिया दिनुहोस