टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आजबाट सुनुवाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आजबाट सुनुवाइ


४ मंसिर २०८०, सोमबार


काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुदैँछ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल र जगन्नाथ दुलाल लगायतले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निवेदकहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको प्रतिबन्ध तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस