काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।
हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भयो ।
भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट काेहली ५४ र कप्तान रोहित शर्माले ४७ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जाेश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।