टिकटक प्रतिबन्धविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने


१ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सात वटा रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसिर लागि पहिलो पेशी तोकेको हो ।

प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरूले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि सरकारको उक्त निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस