२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोल टोलमै पुगेर फूल बिक्री गर्दै किसान

अ+ अ-

गल्याङ । स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो । 

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूलको माग बढेपछि व्यावसायिक रूपमा फूल खेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूल बिक्रीमा निस्किएका हुन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ छर्तिमा मौलाकालिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक सयपत्रीको फूल खेती गर्दै आएका चन्द्रबहादुर राना ‘चित्र’ ले बेमौसमी रूपमा उत्पादन भएका फूलहरु फार्मबाटै बिक्री गर्छन् । तर ठूलो परिमाणमा फूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गरेका छन् । रानाले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसलपसलमा फूल लगेर बिक्री गर्ने गरेको बताए ।

“बेमौसमी फूलको माग धान्न मलाई मुस्किल हुन्थ्यो, यसपाली तिहार लक्षित धेरै नै फूल लगाएकाले र यहाँका धेरै किसानले फूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो,” उनले भने, “तयार भएका फूल बिग्रेला कि भनेर टोल टोलमा पुगेर फूल बिक्री गर्ने गरेको छु ।” उनले गल्याङ बजारका आधादर्जन पसललाई फूल बिक्री गर्न दिएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राखेका छन् । 

गल्याङ नगरपालिका २  रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोल टोलमा पुगेको बताए ।  “उपभोक्ताको सहजताका लागि पनि टोल टोलमा पुगेर फूल बिक्री गरेको हुँ,” उनले भने, “फार्ममा पनि प्रशस्त फूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनु परेको हो ।”

यस्तै गल्याङ नगरपालिका– ११ का किसान रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोल टोलमा पुगेर फूल बिक्री गर्दै आएका छन् । उनले माग भएका व्यक्ति तथा पसलमा पुगेर फूल बिक्री गरेको बताए । “फार्ममा जान उपभोक्तालाई असहज भयो,” उनले भने, “टोल टोलमा पुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूल बिक्री गर्न सहज भएको छ ।” उता वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फुल बिक्री गर्नका लागि सवारीसाधनमा फूल राखेर टोल टोलमा पुगिएको छ । 

सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे ।   “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ,” उनले भने, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उहाँले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।”

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपाली कृत्रिम फूलभन्दा सयपत्री फूल पसलमा राख्ने गरेका छन् । यद्यपि स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरे पनि बाहिरबाट आउने प्लास्टिकका फूल पनि बजारमा देखिएको छ । फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फुल बिक्री गर्न नरोक्दा आफूहरू समस्यामा परेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस