नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु


२८ कार्तिक २०८०, मंगलबार


अबुजा । नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ ।

स्थानीय अधिकारीहरूले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको थियो । व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै सो गर्दा डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत जानकारी गराएका हुन् । घाइतेको संख्या भने, यकिन भएको छैन।

ताराबा राज्यका गभर्नर अग्बु केफासले पीडितहरूप्रति शोक व्यक्त गर्दै विज्ञप्ति जारी गर्दै तुरुन्तै छानबिन गर्न आदेश दिएका छन् ।

डुङ्गा दुर्घटनाहरू अक्सर पश्चिम अफ्रिकी देशमा बढी हुने गर्छ । दुर्घटनाका कारण यात्रुको अत्यधिक चाप, प्रतिकूल मौसमी अवस्था, र परिचालनमा त्रुटि लगायतका उल्लेख्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस