टिकटक बन्द गर्नु उचित होइन, अराजकता र छाडापन रोक्ने हो : महासचिव पोखरेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिकटक बन्द गर्नु उचित होइन, अराजकता र छाडापन रोक्ने हो : महासचिव पोखरेल


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।

सोमबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले यो उचित नभएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’

उनले सामाजिक सञ्जालमा प्रस्तुत गरिएको सामग्रीका आधारमा नियमन गरी अराजकता र छाडापन रोक्नु उपयुक्त हुने बताएका छन् । ‘कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ’, महासचिव पोखरेलले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस