२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल

अ+ अ-

उत्तरकाशी । उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ ।

सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटर भित्रसम्म पस्न सफल भएको छ ।

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् ।

“सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्‍यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ”, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भने, “अहिलेसम्म सबै जना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।”

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ ।

“हामीले फसेका कामदारहरूलाई केही चिप्स र पानी दिएका छौँ, उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ”, टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भने, “उद्धार कार्य जारी छ, आज साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ, सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।”

शनिबार ब्रह्मखाल-पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो ।

प्रतिक्रिया दिनुहोस