सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने 


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट नयाँ धन्दा सुरु गरिएको आरोप लगाए । जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको उनको भनाइ थियो ।

देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै उनले गलत काम गर्नेसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । बारुदबाट यसअघि परिवर्तनको प्रयास गरिएको उनले उल्लेख गरे । अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस