२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रमलाई माधवको सम्बोधन (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरूको भेला र अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले ‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रमलाई सम्बोधन गरेका हुन्।

उक्त कार्यक्रममा अध्यक्ष नेपालसहित एसियाका १ सय १९ वटा पार्टीका प्रतिनिधि सहभागी भएका छन्।

अध्यक्ष नेपालले कनेक्टिभिटी (आवागमन), खुला विश्व अर्थतन्त्रलाई सहयोग, व्यावसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नवप्रवर्तन, जनता(जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना, बेल्ट र रोडका लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषय सह्रानीय र दूरगामी महत्त्वको रहेको उल्लेख गरे।

बिआरआई परियोजनाबाट आगामी दिनमा सिङ्गो विश्व लाभान्वित हुने उनको भनाइ छ।

‘आगामी ५ वर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, सानो तर स्मार्ट जीविकोपार्जन कार्यक्रम, बैंकद्वारा अर्बौँ रकमको सहयोग परियोजना स्थापनाजस्ता कार्यक्रमबाट आगामी दिनमा सिङ्गो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। एक हजारवटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बिआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमुना प्रस्तुत गर्दछ’,अध्यक्ष नेपालले भने।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिआरआईमार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिङ्गो विश्वको लागि खुसीको विषय भएको दाबी गरेका छन्।

भ्रमणका क्रममा अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटसमेत गरिसकेका छन्। उनीसहितको टोली कात्तिक २८ मा काठमाडौँ फर्किनेछ।

नेपालबाट काँग्रेस र राप्रपासहितका दलका प्रतिनिधि पनि यस सम्मेलनमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस