एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

मङ्सिर मसान्तसम्म फाराम भर्दा ३ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस