भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा द्वन्द्व पीडित बालगृहले लिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा द्वन्द्व पीडित बालगृहले लिने


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट अभिभावक गुमाएका १० जना बालबालिकाको पढाइ र पालनपोषणको जिम्मा सर्लाहीस्थित एक बाल गृहले लिने भएको छ ।

चेतना सन्देश नेपालबाट सञ्चालित द्वन्द्व पीडित बालगृहले १० जनासम्म बालबालिकाको जिम्मेवारी लिने संस्थाकी संस्थापक तथा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् । हाल उक्त बालगृहमा ३५ जना बालबालिका आश्रित छन् । भूकम्प प्रभावित बालबालिकाको अभिभावकत्व लिन आफूहरू तयार रहेको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले बताएका छन् ।

उक्त बालगृह देशकै उत्कृष्ट मानिन्छ । मधेश आन्दोलन र विभिन्न आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाले सोही बालगृहबाट पढाइ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस