२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोलामा डुबेर भारतीय युवतीसहित दुईको मृत्यु

अ+ अ-

लुम्बिनी । आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका-९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका-३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । उनीहरू आज बिहान १०ः३० बजेतिर खोलामा डुबेका थिए ।

उनीहरूलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पुर्‍याइएको थियो । आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आजै भएको अर्को घटनामा भारतीय युवतीको मृत्यु भएको छ । भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको दिउँसो अन्दाजी १ः३० बजे तिनाउ गाउँपालिका-३ तिनाउ खोलामा खसी मृत्यु भएको हो । ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान जारी रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस