विश्वकपमा छनोट भएसँगै नेपालको ‘टी-२० आई’ वरीयतामा सुधार « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विश्वकपमा छनोट भएसँगै नेपालको ‘टी-२० आई’ वरीयतामा सुधार


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ मा स्थान सुरक्षित गरेसँगै नेपालको ‘टी–२० आई’ वरीयतामा सुधार भएको छ ।

आईसीसीले जारी गरेको नयाँ ‘टी-२० आई’ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको छ । एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औँ स्थानमा रहेको नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको हो ।

नेपालले विश्वकप छनोटको समूह चरणमा सिङ्‌गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग ५ रनले पराजित नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा भारत रहँदा दोस्रो स्थानमा इंग्ल्यान्ड छ । यस्तै न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस