२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोकसँगै अनुगमन

अ+ अ-

गण्डकी । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ ।

गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यस वर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो । यही मङ्सिर १६ गते प्लास्टिकजन्य फूूलमाला बिक्री वितरण नगर्न सूचना जारी गरेको महानगरपालिकाले बजारमा अनुगमन कार्यलाई तीव्रता दिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नुका साथै स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिँदै उनले सोमबार पोखराका १२ वटा पसलमा अनुगमन गरिएको बताए ।

महानगरपालिका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सात पसललाई कारबाही र रु. ४० हजार जरिवाना गरिएको छ भने रु एक लाख नौ हजार नौ सय १० बराबरको सामान जफत गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलका गुच्छा उत्पादन आयात, बिक्री वितरण वा भण्डार गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो ।

नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड ९क० वा ९ख० बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले प्लास्टिकजन्य फूल मालाले वातावरणमा समेत असर पर्ने भएकाले अनुगमन गरिएको बताउँदै अघिल्लो वर्ष व्यवसायीले गुनासो गरेकामा अहिले आफैँले हटाएर सहयोग गरेको बताए । महानगरपालिकाले यस वर्ष सयपत्री फूलको बीउमा ५० प्रतिशत अनुदान दिएको थियो ।

प्रतिक्रिया दिनुहोस